कोरोना संक्रमित कञ्चनपुरको बेदकोट नगरपालिका १० का इन्द्र सुनार डिस्चार्ज भएर घर फर्केका छन्। भरतको उत्तराखण्डबाट फर्किएका उनमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।
१८ दिन आइसोलेशन बसाइपछि उनलाई आज अस्पतालबाट घर पठाइएको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए।
यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय अर्का युवक निको भएर घर फर्किसकेका छन्।
अब सेती प्रादेशीक अस्पताल धनगढीमा लम्कीचुहाकी ६० वर्षीय र धनगढी ५ की ३४ बर्षिय महिला गरि २ जना उपचाररत छन्।
मुलुकभर भने कोरोना निको हुनेको संख्या ७ पुगेको छ