राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन्।
बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको राजपाका प्रवक्ता केशव झाले जानकरी दिए।
'हामीले सहमति पत्र सहितको निवेदन दिएका छौँ। हामीले १३८८ नम्बरको दर्ता पाएका छौँ', झाले भने, 'अन्य कागजात हामी लकडाउनपछि बुझाउँछौँ।'
राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो। अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ। त्यस्तै झण्डा मसाल अंकित यसअघिको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ।
दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
हेर्नुस् तस्बिरहरू: