कैलालीको लम्कीचुहाकी ६५ वर्षीया कोरोना संक्रमित पाना विक स्वस्थ भए घर फर्किएकी छन्। बिहीबार उनलाई अस्पतालका स्वास्थ्यकर्मीहरूको टोलीले बधाई दिँदै घर पठाएको छ।
वीरगञ्जबाट फर्किएकी उनमा वैशाख १ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।
'२४ घण्टाभित्र दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो,' अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने।
उनीसहित सुदूरपश्चिममा कोरोना निको भएर भएर घर फर्किनेको संख्या ४ पुगेको छ। अब धनगढीकी एक जना महिलामात्र अस्पतालको आइसोलेसनमा छिन्।