नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यकाे भेलाले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेकाे छ।
भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा भएकाे भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहभागी थिए।
यसअघि हिजो २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए।
प्रधानमन्त्री र मन्त्री बाहेकका सचिवालय सदस्यहरु भेला भएको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।
'समग्र परिस्थितिको समीक्षा गर्न र आगामी कार्यभार तय गर्नका निम्ति सचिवालयको र स्थायी कमिटीको बैठक बस्न पर्छ भन्ने कुरा भएको छ' ती सचिवालय सदस्यले भने,'सरकारले ल्याएको अध्यादेश पनि अबिलम्ब फिर्ता लिनुपर्छ भनेर हामीले भनेका छौं।'
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओली सकारत्मक भएका छन्।
सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुनेगरी अध्यादेश ल्याएको थियो।
अध्यादेश फिर्ता गर्नका लागि नेकपाभित्र ठूलो दबाब परेको छ।
याे पनि हेर्नुस्- प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग गरे भेटवार्ता