सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दुबै समूहले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले पनि सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेको एक सांसदले सेतोपाटीलाई बताए।
ती सांसदका अनुसार प्रचण्ड-नेपाल पक्षले काठमाडौंबाहिर रहेका सांसदहरूलाई समेत काठमाडौं बोलाएका छन्।
हस्ताक्षर अभियान चलेको तर आफूले कतैतिर हस्ताक्षर नगरेको एक सांसदले सेतोपाटीलाई बताए।
'हामीलाई त दुबैतिरबाट हस्ताक्षरका लागि आग्रह भइरहेको छ,' ती सांसदले भने,'भोलिसम्म एकातिर हस्ताक्षर गर्नैपर्ने हुन्छ होला।’
आफूहरूले संसदीय दलभन्दा पनि स्थायी कमिटी बैठकको माग गरेको प्रचण्ड नेपाल पक्षका एक नेताले बताए।
दुई नेता मिल्दा संसदीय दलमा समेत प्रधानमन्त्री अल्पमतमा पर्ने ती नेताको दाबी छ।
यो पनि पढ्नुस्: