भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ।
सोमबार माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितलाई प्रहरीले पक्राउ गरेको छ।
लकडाउनका बेला प्रदर्शनमा उत्रिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
महामन्त्री बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, प्रभात दाहाललगायत नेता कार्यकर्ता पक्राउ परेका हुन्।
महामन्त्री तिमल्सिनाका अनुसार पक्राउ परेकाहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।
भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेपछि नेविसंघले सडक प्रदर्शन जारी राखेको छ।
सरकारले भारतसँग कूटनीतिक पहल गरी अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने नेविसंघको भनाइ छ।
तस्बिरहरू: