कैलालीको गौरीफन्टा नाकाबाट शुक्रबार अबेर रातीसम्म ३ सय ७१ जनालाई स्वदेश ल्याइएको छ।
भारतीय बजार पलियामा क्वारेन्टिनमा रहेका सहित अन्य स्थानबाट आएका उनीहरुलाई कैलाली ल्याइएको हो।
भित्रिएका मध्ये सिमानाकामा ३ सय २१ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।
पूर्व सूचना विना आएका बाँकी ५० जना क्वारेन्टिनमा नबसेको हुनसक्ने भएकाले पिसिआर टेस्ट गरिने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
उनीहरु मुम्बईबाट आएका बुझिएको छ।
यस्तै कैलालीबाट ८ सय २४ जना भारतीयलाई शुक्रबार नै भारत पठाइएको छ।
विभिन्न क्वारेन्टिनमा रहेका र कामका लागि यहाँ आएकाहरुमध्ये घर जान चाहनेलाई पठाइएको जोशीले बताए।
स्वदेश आएकामध्ये कैलालीका ८४ र कञ्चनपुरका ११ जनालाई सम्बन्धित स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्ने गरी हिजो नै पठाइएको छ।
अन्य जिल्लाका दुई सय ७६ जनालाई धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस र नवदुर्गा माविको क्वारेन्टिनमा राखिएको छ।
उनीहरुलाई आज सम्बन्धित जिल्ला पठाउने तयारी रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जोशीले उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पुनः क्वारेन्टिनमा बस्नुपर्ने बताए।
आज पठाउनेमा बैतडीका , डडेल्धुराका , बझाङका र डोटी सहित अन्य ठाउँका रहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
नेपाल र भारतका स्थानीय प्रशासनको सहमतिमा अलपत्र परेकाको उद्धारको काम शुक्रबार दिउँसोबाट सुरू भएको थियो।
भारतका विभिन्न शहरबाट स्वदेश फर्किन सिमामा पुगेका उनीहरुलाई डेढ महिनादेखि प्रवेश दिइएको थिएन।
मातृभुमि आउन पाएपछि उनीहरुले खुशी व्यक्त गरेका छन्।