बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठक रोकिएको छ।
बैठक जारी रहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा खैलाबैला भएको थियो।
त्यसपछि बैठक चलाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका थिए।
‘दुई अध्यक्षको छलफलका लागि बैठक केहीबेरका लागि रोकिएको हो,’ स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले सेतोपाटीसँग भने।