सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।
बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिएनन्।
बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक रोकिएको थियो।
बैठक रोकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।
राष्ट्रपतिसँग झन्डै १ घन्टा छलफल गरेर प्रचण्डले फेरि बालुवाटारमा बैठक सुरू गरेका थिए। फेरि सुरू भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित थिएनन्।
फेरि सुरू भएको बैठकमा प्रचण्डले आफ्ना कुरा राखेपछि बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।