नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्।
आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्।
बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए।
प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको खुमालटार बैठकमा सहभागी एक नेताले सेतोपाटीलाई बताए।
'केही सहमति भएको छैन। मलाई कमजोर बनाउने कुरा हो। मैले असहमति जाहेर गरेकै हो। गलत ढंगले बाहिर ल्याइएको हो,' प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, 'एकीकरण प्रक्रिया सकिएको छैन। सदस्यताको टुंगो लाग्न पर्यो। विचारको बहस हुनुपर्यो। यतिकै भन्दिएकै आधारमा महाधिवेशन हुन सक्दैन।'
सहमति नभएको विषयलाई सहमति भएको भनेर प्रचार गरिएको समेत उनले बताएका थिए।
यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको दाबी गरेका छन्।
आइतबार बिहान आफ्नै निवास खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्।
बैठकमा प्रचण्ड-नेपाल दुबै पक्षका स्थायी समिति सदस्यसमेत पुगेका थिए।
प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको खुमालटार बैठकमा सहभागी एक नेताले सेतोपाटीलाई बताए।
‘तपाईंहरूको भावनाविपरीत म जानै सक्दिनँ। यो बैठकको भावना कमजोर हुनेगरी ल्याइएकोमात्रै हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने,‘राष्ट्रपतिकहाँ गएको पनि अपरझट गएको हो। कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।’
प्रचण्डले राष्ट्रपतिसँगको भेटबारे भने प्रष्टसँग भनेका थिएनन्। शनिबार सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका थिए। ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि शितल निवास पुगेका थिए।
आइतबार बिहान प्रचण्ड निवास खुमालटारमा सचिवालय सदस्यसँगै स्थायी समिति सदस्यहरू रघुजी पन्त, भीम रावल, भीम आचार्य, वेदुराम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सहभागी थिए। त्यस्तै प्रचण्ड निकटका स्थायी समिति सदस्यहरु वर्षमान पुन, मातृका यादव, पम्फा भुषाललगायत पनि खुमलटार बैठकमा सहभागी थिए।
बैठकमा प्रचण्डले आफूले सहमति नगरेको दाबी गर्दै कमजोर बनाउनका लागि यस्ता प्रचार गरिएको बताएका थिए।
सचिवालयमा छलफलमात्रै भएको र त्यसलाई हुन्छ हुन्न केही नभनेको समेत प्रचण्डले बैठकलाई जानकारी गराएका थिए।
'हिजो छलफलमात्रै भएको हो। मैले त्यसलाई एस र नो केही भनेको छैन। हिजो बेलुकै खण्डन गरिसकेको छु,' प्रचण्डको भनाइ उद्धृ गर्दै अर्का एक नेताले भने, 'सहमति भयो भनेर आइसकेपछि मैले हिजै छोरी गंगालाई भनेर वक्तव्य दिन भनिसकेको छु। यो सबै प्रायोजित हो। केही भएको छैन।'
शनिबार प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको बताएकी थिइन्।
यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
यो पनि पढ्नुस्:
दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुन्न, म राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउन सक्छु: माधव नेपाल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकमा वैशाख २० गते जे भएको थियो, त्यो फेरि दोहोरिएको छ।
वैशाख २० को सचिवालय बैठकजस्तै आज पनि सुरू हुनेबित्तिकै प्रधानमन्त्री केपी ओलीले नेतृत्वमा बसेका सबैले आत्मालोचना गरेर पार्टी एकता जोगाउनुपर्ने बताए।
'मेरा पनि कमी-कमजोरी भए होलान्, म आफ्नो भागको आत्मालोचना गर्छु। सबै मिलेर पार्टी एकता जोगाएर अघि बढौं,' ओलीले भने।
चाँडै महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने पनि उनले बताए।
त्यसपछि बोलेका नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्दै भने, 'हामी दुवैको कुरा त्यही हो। पार्टीलाई एकताबद्ध गर्दै चाँडै महाधिवेशनबाट सबै कुरा सल्टाउँ। मेरो र प्रधानमन्त्रीको त्यसैमा सहमति भएको छ।'
उनले थपे, 'मैले आलोपालो सरकार चलाउनुपर्ने कुरा पनि छाडेको छु। पार्टी एकता अगाडि बढाउने र चाँडै महाधिवेशन गर्नेबारे हामी दुवैले स्थायी कमिटीमा प्रस्ताव ल्याउने छौं।'
यसअघि वैशाख १७ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको तीखो आलोचना गरेर राजीनामा माग गरेका प्रचण्डले वैशाख २० गते ओली र आफूबीच कुरा मिलेको र पार्टीलाई एकताबद्ध भएर अगाडि लैजाने सहमति भएको बताएका थिए।
त्यो दिन पनि प्रचण्डभन्दा अगाडि बोलेका प्रधानमन्त्री ओलीले सबैले आत्मालोचना गर्दै पार्टी एकता अगाडि बढाउनुपर्ने बताएका थिए।
वैशाख २० को उक्त सचिवालय बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डपछि बोलेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले 'दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुँदैन' भनेका थिए। आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली र प्रचण्डले कुरा मिलाएर आएपछि नेता नेपालले फेरि तिनै शब्द टिपेर भने, 'दुई जनाको चोचोमोचो मिलेर मात्र हुँदैन। प्रवृत्ति नफेरिने हो, पार्टी विधिअनुसार नचल्ने तर दुई अध्यक्ष मात्र मिल्ने हो भने म राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउँछु।'
उनले चाँडै महाधिवेशन गर्ने कुरा खेलाँची नभएको तर्क गरे। 'पार्टी सदस्यता टुंगिएकै छैन, महाधिवेशनका लागि धेरै काम गर्न बाँकी छ। कसैले हामी चाँडै महाधिवेशन गराउँछु भन्दैमा सम्भव हुँदैन,' नेपालले भने।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि महाधिवेशन चाँडै गर्ने कुरा सजिलो नभएको भन्दै स्थायी कमिटी र केन्द्रीय समितिमा विषयहरूको छलफल जारी राख्नुपर्ने बताए।
अर्का नेता वामदेव गौतमले दुई अध्यक्षले आत्मालोचना गर्छु भन्दैमा समस्या समाधान नहुने बताएका थिए। उनले भने, 'आत्मालोचना गर्छु भन्नु त राम्रै हो, तर प्रवृत्ति परिवर्तन नहुने हो भने र व्यक्तिवादी सोच कायम रहने हो भने निकास निस्कँदैन।'
अहिलेको समस्या दुई अध्यक्षको व्यवस्थापन मात्र नभएको उनले तर्क गरे।
'दुई अध्यक्षको व्यवस्थापनको मात्र कुरा हो भने त्यसका लागि महाधिवेशन नै चाहिँदैन, केन्द्रीय समितिले नै सल्टाउन सक्छ,' गौतमले भने।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच कुरा मिलाएर मात्र समस्या समाधान नहुने बताए। उनले भने, 'समस्याको चुरो प्रवृत्तिमा छ, विधि र पद्धतिमा छ, हामी व्यक्तिका समस्या हल गरेर समाधान खोज्दै छौं। यसरी टुंगोमा पुगिँदैन।'
उनले सरकार राम्ररी चलेको छ कि छैन, पार्टीको घोषणापत्र लागू भएको छ कि छैन, कम्युनिस्ट मूल्य र मान्यताअनुसार पार्टी र सरकार चलेका छन् कि छैनन् जस्ता बृहत विषय सम्बोधन नगरी समाधान निकाल्न नसकिने बताए।
त्यस्तै, सचिवालय सदस्य ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाले दुई अध्यक्षले जे ल्याएका छन्, त्यो राम्रो छ भन्दै समर्थन गरे।
नेकपा महासचिव विष्णु पौडेलले सेतोपाटीसँग कुरा गर्दै सबै समस्याको समाधान महाधिवेशनबाटै गर्ने सहमति भएको बताए। 'दुई अध्यक्षले सबै समस्याको समाधान महाधिवेशनबाटै गर्ने गरी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको छ,' उनले भने।
वरिष्ठ नेता माधव नेपाल पक्षले प्रचण्डले आफूहरूलाई धोका दिएको बताएको छ। उनीनिकट एक नेताले भने, 'प्रचण्डले हामीलाई पनि धोका दिए। उनी पनि पुन: 'मुसीको भव' भए र फेरि पनि केपी ओलीकै शरणमा गए।'
प्रधानमन्त्रीको राजीनामा माग्दै आफूसँग एक भएका ६ जना सचिवालय सदस्यलाई पनि कुनै जानकारी नदिई केपी ओलीसँग सम्झौता गरेको आरोप प्रचण्डलाई लागेको छ। शनिबार बिहान प्रचण्ड निवास खुमलटारमै भएको ६ जना सचिवालय समिति सदस्यको बैठकमा पनि प्रचण्डले आफूले ओलीसँग कुनै सम्झौता नगरेको बताएका थिए।
प्रचण्डले शुक्रबार प्रधानमन्त्री ओलीसँग सहमति गरिसकेको गाइँगुइँ चलेपछि शनिबार बिहानै प्रचण्ड निवास पुगेका सचिवालय सदस्यहरूले उनलाई त्यसबारे सोधेका थिए। उनले त्यस्तो कुनै सहमति नभएको बताए।
उक्त भेलामा प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा उपस्थित थिए। ओलीले प्रधानमन्त्री पद नछाड्ने भए पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो।
'पार्टी अध्यक्षबाट राजीनामा दिए प्रधानमन्त्रीबाट नहटाउने तर सरकार सञ्चालनको विधि, मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीहरूको फेरबदल, सरकारमाथि पार्टीको निर्णय लगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने भेलाको निष्कर्ष थियो,' एक सचिवालय सदस्यले भने।
बिहान मात्र यस्तो निष्कर्ष निकालेर दिउँसो बालुवाटार पुगेका प्रचण्डले तिनै सचिवालय सदस्यसामु एकाएक प्रधानमन्त्रीले झैं पार्टी एकताको कुरा मात्र गरेनन्, आफूले आलोपालो सरकार चलाउनुपर्ने माग पनि त्यागेको बताए।
प्रचण्ड र ओलीले अरूलाई थाहा नदिई पछिल्ला कयौं दिनदेखि छलफल गरेर आपसी सम्झौता गरेको आरोप माधव नेपाल पक्षको छ।
ओली र प्रचण्डबीच के समझदारी भएको हो अझै यकिन छैन। प्रधानमन्त्री ओलीनिकट एक नेताले महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षका रूपमा काम गर्न दिने, मंसिर ४ गते दुई अध्यक्षबीच भएको सहमतिलाई थप व्याख्यासहित कार्यान्वयन गर्ने र महाधिवेशनपछि प्रचण्डलाई एकल अध्यक्ष बनाउने आश्वासन दिएको बताए।
सचिवालय बैठकपछि प्रचण्ड र प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्। दुई अध्यक्षबीच भएको नयाँ समझदारीमा राष्ट्रपतिलाई साक्षी राख्न उनीहरू शितल निवास पुगेका हुन्।
मंसिर ४ को सहमतिमा हस्ताक्षर गर्नुअघि पनि दुवै अध्यक्ष राष्ट्रपतिकहाँ पुगेका थिए। आज भने प्रधानमन्त्री ओली र प्रचण्डले अरू नेताहरूलाई पनि लगेका छन्। ओली नजिकका विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड नजिकका जनार्दन शर्मा पनि शितल निवास गएका छन्।
अब बस्ने स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले पार्टी एकता र महाधिवेशनबारे प्रस्ताव ल्याउने छन्। मंसिरमै महाधिवेशन गर्ने गरी प्रस्ताव आउन सक्ने एक सचिवालय सदस्यले बताए। 'दुई अध्यक्षले भोलि नै सचिवालय बैठक बोलाएर पार्टीलाई एकताबद्ध गराएर लैजाने र मंसिरमा महाधिवेशन गराउनेबारे प्रस्ताव ल्याउन सक्नुहुन्छ,' ती सचिवालय सदस्यले भने।
आइतबार साउन ४ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। भोलि बोलाइएको स्थायी कमिटी बैठक केही दिन पछि सर्ने ती नेताले बताए।
यो पनि हेर्नुहोस्: