रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले ‘न्यायका लागि तराजु यात्रा’ लाई आइतबार पनि निरन्तरता दिएको छ।
साझाले ललितपुरको पाटनमा आइतबार अपरान्ह न्यायका लागि तराजु लिएर प्रदर्शन गरेको हो।
‘भ्रष्टलाई सिंहदरबार होइन जेल हालौं, घुसखोर र कमिसन खोरलाई जेल हालौं, त्रुटीपूर्ण फैसला रद्द गर पीडितलाई न्याय गर’ लेखिएका प्लेकार्ड बोकेर साझाले पाटन दरबार स्क्वायरमा प्रदर्शन गरेको हो।
श्रीमती हत्यापछि जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले हालै कैद कम गरिदिएपछि थुनामुक्त भएका थिए।
सर्वोच्च अदालतले आइतबारमात्रै उक्त मुद्दा पुनरावलोकन गर्ने निर्णय गरेको छ।