नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहालले कमानसिंह र हाइड्रो पावर सम्बन्धी विवादमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन्।
बैठकको निर्णय सुनाउने क्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको भनाई उदृत गर्दै भने, 'अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावर सम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गरेका छन्।'
अध्यक्ष दाहालले सामान्य विवादमा पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर प्रचार भएको र त्यसमा नलाग्न नेताहरूलाई आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैंठक पुस १ गते फेरि बस्ने गरि स्थगित भएको छ।