कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका पूर्वमाओवादी सांसदहरू ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
मंगलबार केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ जना केन्द्रीय सदस्यमध्ये कर्णालीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादी सांसद पनि परेका हुन्।
सुर्खेतबाट प्रतिनिधित्व गर्ने सांसद ठम्मर विष्ट र दैलेखबाट प्रतिनिधित्व गर्ने धर्मराज रेग्मी केन्द्रीय सदस्यमा मनोनित भएको कर्णाली प्रदेश सभाका अर्का सदस्य गुलाबजंग शाहले जानकारी दिए।
विष्ट सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुने भने रेग्मी दैलेखको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन्।
तत्कालीन माओवादी र एमाले मिलेर चुनाव लड्ने क्रममा उनीहरूले माओवादीको तर्फबाट चुनाव लडेका थिए।
ओली समूहको केन्द्रीय सदस्यमा मनोनित विष्ट र रेग्मीले यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेका थिए।
त्यतिबेला प्रदेशसभाको उपसभामुख रहेकी पूर्वमाओवादी सांसद पुष्पा घर्ती विष्टले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन्।