लमजुङका नेकपा नेता जमिन्द्रमान घले पार्टीभित्र र बाहिर जे जति पद लिए, माधव नेपालको पक्षमा लागेर लिए । तत्कालिन एमाले लमजुङको अध्यक्षमा उनी नेपालकै समुहबाट निर्वाचित भएका थिए । जिल्ला विकास समितिका सभापती र दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी नेपाल पक्षकै भएर जिते ।
जिल्लामा माधव नेपाल पक्षको राजनीति धानेका घले पार्टीको प्रदेश कमिटीको सचिवालय सदस्य रहेका थिए । केन्द्रमा ओली समुह र प्रचण्ड–नेपाल समुहले छुट्टा–छुट्टै केन्द्रिय कमिटी बैठक राखेर विभाजनको रेखा कोर्दा ओली पक्षले थप ५५६ जना केन्द्रिय कमिटी सदस्य थपे । सदस्यमा यसअघि नेपाल पक्षको राजनीति धानेका जिल्ला नेता घलेको नाम पनि समेटियो ।
‘पार्टी फुट्न हुँदैनथ्यो’, घलेले मलिनो स्वरमा भने, ‘सबै नेताहरु असफल भए, यसबारे पछि कुरा गरौंला ।’
घलेसँगै नेकपा लमजुङका उपाध्यक्ष रहेका गुमानसिँह अर्याल पनि ओलीले थपेको केन्द्रिय सदस्यमा समेटिए । अर्याल नेपाल पक्षबाटै तत्कालिन एमालेको २ कार्यकाल जिल्ला उपाध्यक्ष र हाल सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाका मेयर छन्।
ओली पक्षको केन्द्रिय सदस्य मनोनित भएपछि अर्यालले आफुले तत्काल केही प्रतिक्रिया नदिएको बताए । ‘यो विवादमा कतै लागेको थिइन’, उनले भने, ‘काठमाडौं बोलाएर जाँदै छु, गएपछि ओलीपक्षकै भइएला नि ।’
ओली पक्षले थपेको केन्द्रिय सदस्यमा नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद ग्रह्रे पारस समेत रहेका छन् । उनी माओवादीका तर्फबाट पार्टी एकता हुँदा जिल्ला अध्यक्ष चुनिएका थिए । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल पक्षका पारस बादल नखुल्दै ओली पक्षमा खुलेका छन् ।
स्याङ्जामै नेपाल पक्षको राजनीति धानेका चक्र पराजुली पनि ओलीको पक्षमा खुलेका छन् । ओलीले घोषणा गरेको केन्द्रिय सदस्यमा उनी पनि छन् ।
बादल पक्षका पूर्व माओवादी नेता लमजुङका मोहनहरी पौडेल भने बादलले निर्णय नलिँदासम्म कता लाग्ने भनेर निर्णय लिएका छैनन् । ‘हाम्रो समुहले निर्णय गरेको छैन, केही दिनमै निर्णय आउँछ’, उनले भने ।
नेकपामा नेपाल पक्षका भनेर चिनएका गोरखाका कृष्ण नेपाली, बामदेवपक्षका भनिएका यादब बस्नेत पनि ओलीले थपेका केन्द्रिय सदस्य छन् । यस्तै, बाग्लुङ नगरपालिकाका मेयर जनक पौडेल, पोखराका रश्मी आचार्य लगायतले यसअघि एमालेको राजनीतिमा माधव नेपाललाई साथ दिएका थिए । पछिल्लो समय ओली निकट भएका उनीहरु पनि ओलीको केन्द्रिय सदस्यमा थपिएका छन् ।
गण्डकीमा नेपाल र प्रचण्ड पक्षका नेता कार्यकर्ता आप्mनो समुहमा ल्याउन नेकपा गण्डकीका इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भुमिका खेलेको कार्यकर्ताहरु बताउँछन् । प्रचण्ड पक्षका एक नेताका अनुसार मुख्यमन्त्री गुरुङले आफूलाई पनि ओली पक्षमा आउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले बाध्यात्मक रुपमा संसद विघटन गरेको र नेकपाको संस्थापन पक्ष ओली पक्ष नै रहेको भन्दै गुरुङले ओलीपक्षको नेकपामा समाहित हुन आग्रह गरेका थिए । नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले भने अरु पनि धेरै जना प्रचण्ड–नेपाल पक्षका नेता, कार्यकर्ता ओली पक्षमा समाहित हुने दाबी गरे ।
‘अझै केन्द्रिय सदस्य मनोनित हुनै बाँकी छन्’, उनले भने, ‘अलमलमा भएका साथीहरु पनि अब प्रशिक्षित भएर आउनुहुन्छ ।’
ओलीले मंगलबार थपेका ५५६ जना केन्द्रिय सदस्यमा गण्डकीबाट १०९ जना छन् । जसमा कास्कीबाट मात्रै सबैभन्दा धेरै २६ जना परेका छन् । नेकपाको राजनीतिमा गण्डकी प्रदेशमा ओली पक्षको अत्याधिक बाहुल्य छ । जसको छाँया गण्डकी प्रदेश सभामा देख्न सकिन्छ ।
कुल ६० जना सांसद रहेको प्रदेश सभामा दुइतिहाई अर्थात ४० जना सांसद नेकपाका छन् । जसमा २७ जना ओली पक्षका छन् भने माधव नेपाल पक्षका सांसद १ जना मात्रै छन् । बाँकी रहेका १२ जना सांसद प्रचण्ड पक्षका हुन् । ओली पक्षको बाहुल्यता भएकै कारण पनि कतिपय नेता कार्यकर्ता ओली पक्षमा लाग्न बाध्य छन् ।
गण्डकीबाट ओली पक्षमा थपिएका केन्द्रीय सदस्य
कास्की
- कृष्ण थापा
- राजीव पहारी
- मीना गुरुङ
- रश्मि आचार्य
- पुण्य पौडेल
- दमोदर वैरागी
- वेदबहादुर गुरुङ
- पुष्पा केसी भण्डारी
- विद्या भट्टराई
- प्रभा कोइराला
- दिलीपविक्रम शाही
- बालकृष्ण काउचामगर
- युवराज पौडेल
- माधव बास्तोला
- तेजनारायण अधिकारी
- मनुमाया खत्री
- अर्जुन सुनाम
- मित्रकुमारी गुरुङ
- मीनाकुमारी गुरुङ
- केशबहादुर केसी
- दलबहादुर गुरुङ
- क्या।लालकाजी गुरुङ
- लोचना अधिकारी
- सिर्जना शर्मा
- प्रेम न्यौपाने
- मनबहादुर गुरुङ
लमजुङ
- धनञ्जय दवाडी
- टुका हमाल
- भीष्म अधिकारी
- जमिन्द्रमान घले
- लक्ष्मी अधिकारी
- गुमानसिंह अर्याल
- प्रेम घले
- गोवद्र्धन गौली
- महेन्द्रलाल श्रेष्ठ
- दीपा गुरुङ
- फूलबहादुर गुरुङ
- बमबहादुर थापा
तनहुँ
- टुकराज सिग्देल
- केदार सिग्देल
- श्रीप्रसाद श्रेष्ठ
- कृष्णकुमार श्रेष्ठ
- भगवती न्यौपाने
- सविता रसाइली
- रामचन्द्र पाध्या
- शेषमणि आचार्य
- दधिराज सुवेदी
गोरखा
- प्रेम गुरुङ
- कृष्ण नेपाली
- बाबुराम थापा
- सम्झना देवकोटा
- कमल दानी
- यादव बस्नेत
- सुरेन्द्र थापा
स्याङ्जा
- सूर्यप्रसाद गैह्रे पारस
- मीनप्रसाद गुरुङ
- चक्र पराजुली
- मोहन रेग्मी
- सीमा क्षेत्री
- पुण्य भुसाल
- खिम थापा
- मुक्ति पाठक
- पुण्य भुसाल
- नारायण मरासिनी
- सुधीर पौडेल
- देवी थापामगर
- देवी थापा क्षेत्री
- तारा शर्मा
- ताज मोहम्मत मिया
पर्वत
- विकास लम्साल
- पदम गिरी
- मनोहर विश्वकर्मा पौडेल
- प्रेम लामिछाने
- मेघनाथ सुवेदी
- कल्पना चापागाईं
- रामु गिरी
- यज्ञ सुवेदी
बागलुङ
- जनक पौडेल
- श्रीप्रसाद शर्मा
- टेकबहादुर केसी
- ममता शर्मा
- गीता शर्मा
- नरबहादुर थापा
- भीमप्रसाद शेरचन सुनील
- डा। सूर्य पाठक
- हीरा केसी
- मोहनलाल शर्मा
म्याग्दी
- नरदेवी पुन
- नवराज शर्मा
- हरिकृष्ण श्रेष्ठ
- सन्तोष रावल
नवलपुर
- रोशन गाहामगर
- चन्द्रमणि खराल
- जीवन श्रेष्ठ
- दीपक अधिकारी
- जनकलाल श्रेष्ठ
- चन्द्रा पुन
- पद्मा जिसी श्रेष्ठ
- कृष्ण घिमिरे
- घनश्याम कोइराला
मुस्ताङ
- चन्द्रमोहन गौचन
- प्रेम तुलाचन
- कृष्ण गौचन
- छिरिङ ल्हामो गुरुङ
- टासी साङ्मो गुरुङ
- शर्मिला गुरुङ
मनाङ
- पोल्देन छोतेन गुरुङ
- ट्रिपल पी गुरुङ
- शान्तमाया परियार