प्रचण्ड-नेपाल नेतृत्वकी नेकपा नेता रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा माइतिघरबाट नयाँ बानेश्वरमा जाँदै गरेको टोली र प्रहरीबीच एभरेष्ट होटल अगाडि धकेलाधकेल समेत भएको छ।
नयाँ बानेश्वर चोक तिर बढिरहेको जुलुसलाई प्रहरीले रोकेको छ । तर विद्यार्थीहरु भने नाराबाजीसहित अगाडि बढ्न खोजिरहेका थिए। प्रहरीले रोक्न खोज्दा ठेलाठेलको अवस्था बनेको हो।
प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’, ‘रामकुमारीलाई होइन बलात्कारीलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए।