प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार पुनःनिर्माणपछि उद्घटान गरेका छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको पश्चिम बाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विशेष कार्यक्रमबिच उ्दघाटन गरेका हुन्।
अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यहीँ भवनमा सर्नेछ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
उद्घाटित मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो।
भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ।
हेर्नुहोस् तस्बिरहरू