संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।
विवेकशील पार्टी, नेविसंघ र युवा संघले माइतीघर मण्डलामा र प्रचण्ड-नेपाल नेतृत्वको विद्यार्थी संगठनले मंगलबार साँझ दीप प्रज्वल गरेका हुन्।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।
मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।
तस्बिरहरू: