प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको चियापन कार्यक्रममा आफू पक्षीय नेता र सांसदको उपस्थिति रहेको छ।
सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरू चियापान कार्यक्रममा सबै केन्द्रीय सदस्यहरू तथा अन्य नेता कार्यकर्तालाई निमन्त्रणा गरिए पनि झलनाथ खनाल- माधव नेपाल समूहले बहिष्कार गरेको छ।
यस्तै वामदेव गौतम समूह पनि बैठकमा नजाने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा उपस्थित हुन सबैलाई मोबाइल एसएमएसमार्फत् निमन्त्रणा पठाइको थियो।
हेर्नुहोस् केही तस्बिरहरू