नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘खनाल–नेपाल’ समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका पुराना नेता पनि सहभागी भएका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधको राजनीति गरेको भन्दै खनाल–नेपाल समूहले आजदेखि सानेपामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो।
भेलामा कम्युनिस्ट आन्दोलनका पुराना नेताहरुसमेत सहभागिता देखिएको छ।
भेलामा राधाकृष्ण मैनाली पनि आएका छन्। झापा आन्दोलनका पुराना र अगुवा मैनाली शाही शासनकालमा मन्त्रीसमेत भएका थिए।
२०६२/०६३ को आन्दोलनपछि माओवादीहादै एमालेमा लागेका मैनालीलाई एमालेले फेरि पनि कारबाही गरेको थियो।
त्यस्तै खनाल-नेपालको भेलामा पुराना कम्युनिष्ट नेताहरू सिद्धिलाल सिंह,कमल कोइराला र मोहन चन्द्र अधिकारीलगायत सहभागी छन्।
तस्बिरहरू- नारायण महर्जन