प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सहभागी हुने सांसदले पिसिआर रिपोर्ट देखाउँदै बैठक हल प्रवेश गरेका छन्। बैठक केही बेरमा शुरू हुँदैछ ।
सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गरिसकेकी छन्।
आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ।
आजको बैठमा प्रवेश गर्नुअघि सांसदहरूले आफ्नो पिसिआर रिपोर्ट मोबाइलमा देखाउँदै भित्र छिरेका थिए।
यस्तै कोरोना संक्रमित सांसदहरूलाई राख्नका लागि संसद भवन अगाडि पाल टाँगिएको छ।
संक्रमित सांसद्हरुलाई मतदान प्रक्रिया प्रयोजनका लागि बेग्लै कोठाको व्यवस्था गरिएको छ। तर, त्यसअघि सांसद्हरुले पालमा आराम गर्न सक्नेछन्। त्यसका लागि पाल बनाइएको हो।
सांसद्हरुलाई एम्बुलेन्सबाट संसद् भवनसम्म ल्याइएको थियो।