सुदूरपश्चिमको मन्त्रिपरिषद् फेरबदल भएको छ। शुक्रबार नेकपा एमालेको माधवकुमार नेपाल समूहले त्रिलोचन भट्टको सरकारमा नयाँ मन्त्री पठाएको हो। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ खुवाउँदै छन्।
नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भट्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि एमालेको सुदूरपश्चिम संसदीय दलले उक्त निर्णयविरूद्ध सरकारमा थप मन्त्री पठाएको हो।
नेपाल पक्षबाट प्रकाश शाह आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री,पूर्णा जोशी सामाजिक विकास मन्त्री, लालबहादुर खड्का कानुन मन्त्री बनेका छन्।
त्यस्तै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन्।
माओवादी केन्द्रबाट मानबहादुर धामी उद्योग वन वातावरण तथा पर्यटन मन्त्री नियुक्त भएका छन् भने मानबहादुर सुनार राज्यमन्त्री बन्ने भएका छन्।