मित्र राष्ट्र जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बिहीबार जापान सरकारले नेपाललाई स्वास्थ्य सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार नेपाललाई १६० अक्सिजन कन्सन्ट्रेटर, २५ ब्लड ग्यास एनालाइजर र २५ अल्ट्रासाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम दिएको हो।
त्यस्तै नेपाललाई जापानले एम्बुलेन्स पनि सहयोगस्वरूप दिन लागेको छ। ६ वटा एम्बुलेन्स पछि आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले सहयोगको लागि जापानलाई धन्यवाद दिएको छ।