मेलम्चीको खानेपानी वितरणमा चुहावट भएका पाइपलाइन मार्मत गर्न मन्त्रिपरिषद्को बैठकले १३ करोड रुपैयाँ निकासा गरेको छ।
सरकारका प्रवक्ता, सूचना प्रविधि तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले पानी चुहावटलाई नियन्त्रणमा लिन र पाइपलाइनको मर्मत गर्न १३ करोड रुपैयाँ बजेट निकासा गरेको बताए।
खानेपानी मन्त्रालयको प्रस्तावमा सो रकम निकासा भएको हो।
उनले शुक्रबार प्रेस ब्रिफिङमार्फत् मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाएका हुन्।