गण्डकी प्रदेशले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभामा उक्त बजेट वक्तव्य पेश गरेका हुन्। जुन चालु आर्थिक वर्षको भन्दा ४ अर्ब रुपैयाँ कम हो।
बजेटमा चालु खर्च १३ अर्ब ६ करोड ४७ लाख रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्च १६ अर्ब ७३ करोड ४६ लाख रूपैयाँ रहेको छ।
सरकारले दिएको अनुदान र राजश्व अनुमानमा आगामी वर्षको बजेटमा ४ अर्ब १० करोड रूपैयाँ न्यून रहेको मुख्यमन्त्री नेपालीले बताए।
उनका अनुसार न्यून रहेको रकम चालू वर्षको बजेटबाट खर्च हुन नसक्ने अनुमानित २ अर्ब १० करोड रूपैयाँबाट पूरा गरिनेछ। बाँकी २ करोडमध्ये १ करोड आन्तरिक ऋण र १ करोड नेपाल सरकारबाट ऋण लिने बजेटमा उल्लेख छ।
आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड रहने बजेटमा उल्लेख छ।
यस्तै, राजश्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टीबाट ३० करोड, आन्तरिक राजश्वबाट ४ अर्ब ९८ करोड प्राप्त हुने जनाएको छ।
बजेट वक्तव्यमा प्रदेश सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका सन्तान मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ। यस्तै, कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने उल्लेख छ।
यस्तो छ, पूर्णपाठ