सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको पहिलो बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरू भएको छ।
सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने परमादेश दिएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकमा आजै विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दैछन्।