तीन दिनसम्म चल्ने नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरू भएको छ।
पार्टी भित्रको अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब ६ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीमा विधान महाधिवेशन गर्न लागेको हो।
आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ।
महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन्।
उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ।
हेर्नुहोस् विधान महाधिवेशन वरपरको राजनीतिक दृश्य