ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज समापन हुँदैछ।
महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले दिएपछि महाधिवेशन विधिवत रुपमा समापन हुनेछ। समापन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
अहिले पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन्। त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् भने अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूचि छ । त्यसै गरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ । शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गर्नु भएको सो महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी रहेका छन्।
नेकपा (एमाले) मा अब वरिष्ठ उपाध्यक्ष पनि हुने भएका छन्। ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष थप्ने विधान पारित भएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए।
उनका अनुसार एमालेमा अब एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव हुनेछन्। यसअघि एमालेमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको थियो। अहिले एमालेमा दुई जना उपमहासचिव छन्।
एमाले केन्द्रीय सदस्य हुन पार्टीको सदस्यता लिएको १० वर्ष हुनुपर्ने तर महिला र दलितको हकमा ७ वर्ष भए पनि पुग्ने पौडेलले जानकारी दिए।
उनका अनुसार एमालेमा अब केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय र पोलिटब्युरोको संरचना हुने छ।
स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने १५ भन्दा धेरै पदाधिकारी हुने छन। केन्द्रीय कमिटीमा २२५ जना हुने पौडेलले जानकारी दिए।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)



.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)