जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन्।
पर्साका सांसदलाई मन्त्री नबनाइएको भन्दै जसपाका नेता कार्यकर्ताले सोमबार पार्टी कार्यालय बालकुमारीमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका लागि पर्सा जिल्लाका नेता कार्यकर्ता काठमाडौं आएका हुन्।
पार्टीको पकड भएको जिल्लाका सांसदलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरिएको जसपाको विद्यार्थी संगठनका पर्सा अध्यक्ष एजादबाबु राठीले बताए।
तस्बिरहरू: