राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र धनीपुर्जा वितरण गरिने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) झापाले आज विर्तामोडमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रियामा उनले केपी शर्मा ओली नेतृत्व सरकारको आयोगले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै गठबन्धन नेतृत्व सरकारले गठन गरेको आयोगले माघ मसान्तभित्र धनीपुर्जा वितरण गर्ने दाबी गरे।
झापामा करिब ६० हजार सुकुम्बासी अहिले लालपुर्जाको पर्खाइमा छन्। रासस