नवनियुक्त प्रदेश १ को मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री राईले सानो मन्त्रिमण्डल आजै विस्तार गर्ने भएका छन्।
प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि आजै राईले गठबन्धनबाट मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
उनले नेपाली कांग्रेसबाट हिमाल कार्की र केदार कार्कीलाई मन्त्री बनाउने भएका छन्। माओवादी केन्द्रबाट ईन्द्रबहादुर आङ्बो मन्त्री भएका छन्। यस्तै जसपाबाट जयराम यादव मन्त्री हुने स्रोतले जानकारी दियो।
आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार भौतिक पूर्वाधारमा हिमाल कार्की, आर्थिक मामिलालाई ईन्द्र बहादुर आङ्बो, आन्तरिक मामिला मन्त्रालयमा केदार कार्की नियुक्त हुने भएका हुन्।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले भीम आचार्यले राजीनामा घोषणा गरेर त्यसको पत्र बुझाएपछि प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गर्दै मंगलबार १ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।
सबै सांसदको हस्ताक्षर संकलन गरेर बसेको विपक्षी गठबन्धनलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारीसामु दाबीसहित उपस्थित भएका थिए।
यो पनि हेर्नुहोस्
अखिलबाट उदाएर मुख्यमन्त्री बन्दै राजेन्द्र राईप्रदेश १ मा नेकपा एमाले एक्लैको सहज बहुमत हुँदा होस् वा नेकपाको दुईतिहाइ बहुमत हुँदा नै किन नहोस्, राजेन्द्र राई कहिल्यै मुख्यमन्त्रीका दाबेदार थिएनन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा उनकै जिल्लाबासी शेरधन राई मुख्यमन्त्री थिए। माधव नेपाल पक्षबाट अघि सारिने पात्रमा एमाले सचिव भीम आचार्य थिए। त्यसैले प्रदेशसभा गठनको चार वर्षसम्म राजेन्द्र राई ‘लो प्रोफाइल’ मै रहे।
राजनीति सरल रेखामा मात्रै सधैं हिँड्दैन भन्ने भनाइ उनकोे हकमा व्यवहारतः पुष्टि भयो।
एमाले सचिव आचार्यलाई मुख्यमन्त्री बनाउने अभियानको दुईपटकसम्म नेतृत्व गरेका उनै राजेन्द्र राई अन्ततः उनैलाई विस्थापित गर्दै प्रदेश १ को मुख्यमन्त्री बन्ने ठाउँमा आइपुगेका छन्। विस्तृतमा