प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा बसेका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायी आन्दोलित छन्। आन्दोलनस्वरूप आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने उनीहरूको तयारी छ ।
सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ।
यसैबीच राणा समर्थित वकिलहरूले सर्वोच्चको गेटमा राणाको पक्षमा नाराबाजी गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।