सर्वोच्च अदालतको मुख्य गेटभित्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई रोक्न भन्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले धर्ना दिइरहेका बेला गेटबाहिर भने एउटा समूहले प्रधानन्यायाधीश राणाको पक्षमा पक्षमा प्रदर्शन गरेको छ।
राष्ट्रिय झन्डा बोकेर मोटरसाइकलमा आएका केही मानिसहरूले न्यायमा अवरोध गर्न पाइँदै भन्दै वकिलहरूको धर्नाको विरोध गरेका हुन्।
परिसरमा धर्ना जारी रहेका बेला अदालतबाहिर आन्दोलनकारी कानुन व्यवसायी तथा न्यायालयविरुद्ध नारा लागेपछि केहीबेर तनाव भएको थियो।
मोटरसाइकलमा राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘न्यायलय बन्द गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए। केहीबेरपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
बाहिर प्रदर्शन गर्नेहरूलाई प्रहरीले केहीबेरमा त्यहाँबाट हटाएका छन्। वकिल र बाहिर प्रदर्शन गर्ने समूहबीच तनावको अवस्था नआओस् भनेर सर्वोच्च अदालतमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।
केहीबेरअघि त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।
वकिलहरूले मूल गेटमा अवरोध गरेपछि प्रधानन्यायाधीश राणा आज पनि अर्कै गेटबाट अदालत प्रवेश गरेका छन्। यसअघि बारले शुक्रबार पनि राणालाई सर्वोच्चको मूलगेटबाट प्रवेश दिएको थिएन।
हेर्नुहोस् तस्बिरहरू