झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर पुगेका छन्।
पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेका हुन्।
नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित ओलीलाई आइतबार सञ्चालकले वाटर किङडम पुर्याएका हुन्।
कोरोना महामारीका कारण २ वर्ष देखि पार्क सञ्चालन भए पनि औपचारिक उद्घाटन हुन पाएको थिएन।