संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्रको बतास समूहले लिजमा लिएर सञ्चालन गर्न लागेको क्षेत्रको अवलोकन गरे ।
नारायणहिटीमा अवलोकनका क्रममा आले बंकरभित्र पनि अवलोकन गर्न पुगेका थिए। उनले त्यहाँ मदिरा राख्ने स्थल बनाउन लागेको भन्दै बतास समूहले दुष्प्रयास गरेको अभिव्यक्ति दिए ।
आक्रोशित मुद्रामा आलेले पुरातात्विक महत्वको सुन्दर क्षेत्रमाथिको दोहन सह्य नहुने बताए ।
निरीक्षणका क्रममा मन्त्री आलेले जथाभाबी बनाइएका संरचना देखेर दु:ख लागेको बताए । उनले आफूहरूले यसबारे छलफल र अनुसन्धान अघि बढाएको पनि जानकारी दिए ।
हेर्नुहोस् तस्बिरहरू