कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्।
नेपाली कांग्रेसबाट दुर्गा गुरूङले २९७० मतभार ल्याएर विजयी भइन्।
यस्तै नेकपा माओवादी केन्द्रका नरबहादुर विष्टले ३००६ मतभार ल्याएर निर्वाचित हुँदा नेकपा (एकीकृत समाजवादी) का उदय बोहराले ३००६ मतभार ल्याएर विजयी भएका हुन्।
यसअघि गठबन्धनले लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सबै सिट जितेको थियो। १९ रिक्त पदका लागि आज सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन भएको थियो।