प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग प्रस्तावमा सत्तारूढ तीन दलका सांसदहरूले हस्ताक्षर गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्। महाअभियोग प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन्।
संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्छन्।
मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।
केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए। नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए। महाभियोगको प्रस्तावकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठ छन्। महाभियोग प्रस्तावको हस्ताक्षरकर्ताको पहिलो नंम्बरमा मिनेन्द्र रिजालको नाम रहेको छ। बाँकी नामहरु तल पढ्नुहोस् -