प्रतिनिधिसभाको बैठक सुरू भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बाबजुद बैठक सुरू भएको हो। आजको बैठकमा एमसीसी सम्झौता टेबल हुनेलगायतको कार्यसूची रहेको छ।
अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा पेस हुँदै छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि टेबल गर्न लागेका हुन्।