काठमाडौंको नयाँ बानेश्वर क्षेत्र बिहिबार दिनभरी तनावग्रस्त रह्यो। एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपले बानेश्वर भएर ओहोरदोहोर गर्ने सर्वसाधारणसमेतले दुःख पाए।
एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएकाले सुरक्षा घेरा नाघेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप अश्रुग्याँस र पानीको फोहोरा प्रहार गर्यो। प्रदर्शनकारीले ढुंगा बर्साउन थाले।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले बनाएको सुरूक्षा घेरा तोडेपछि प्रहरीले लाठी चार्जसमेत गरेको थियो।
त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरे। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हान्यो, त्यति मात्र नभएर दर्जनौं राउन्ड अश्रुग्याँस फाल्यो।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ। आन्दोलनमा परी केही घाइते भएका छन्।
बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिको लागि स्थगित भएसँगै आन्दोलन केही मथ्थर भयो। र यातायात सञ्चालनमा आयो।
हेर्नुहोस् तस्बिरहरू