रूसले युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले आफ्नो धारणा सार्वजनिक गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै तालिबान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो।
तालिबानले युक्रेनमा रहेका अफगान नागरिकको सुरक्षामा ध्यान दिन पनि दुबै पक्षलाई भनेको छ।
तालिबानले गत अगस्टमा लडाइँका माध्यमबाट पश्चिमा समर्थित असरफ घानीको सरकारलाई हटाएको थियो।