नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ।
एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वर तनावग्रस्त बनेको हो।
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।
शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै आन्दोलन केही साम्य भएको छ।
सरकार सकेसम्म चाँडो एमसिसी पास गराउने पक्षमा छ भने सत्ता गठबन्धन दलमै भने मतभेद हुँदै आइरहेको छ। योसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षीसँग छलफलमा तीव्रता बढाएका छन्।
तस्बिरहरू: