रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ।
एअर इन्डियाको विमान शनिबार रोमेनियाको राजधानी बुखारेस्टमा अवतरण गरेको अधिकारीहरूले जनाएका छन्।
युक्रेनबाट सीमा नाघेर सयौं मानिस त्यहाँ पुगेको बताइएको छ।
युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।
युक्रेनमा लगभग २० हजार भारतीयहरू रहेको र त्यमध्ये अधिकांश विद्यार्थी रहेको समाचार एजेन्सीहरूले जनाएका छन्।
उनीहरूमध्ये धेरै जनाले सामाजिक सञ्जालबाट युक्रेन छाड्न आफूहरूलाई सहयोग गर्न अपिल गरिरहेका छन्।
भारत रुसको परम्परागत साझेदार हो र उसले शुक्रबार राति रुसी हमलाको निन्दा गर्ने राष्ट्रसङ्घको सुरक्षा परिषद्को मतदान प्रक्रियामा अलग रहने निर्णय गरेको थियो।