अहिले प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे सैद्धान्तिक छलफल भइरहेको छ।
निर्धारित समयभन्दा दुई घन्टा ढिला भएको आजको बैठक अहिले पनि चलिरहेको छ।
बैठकमा विभिन्न दलका सांसदहरूले छलफलमा भाग लिए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरू भने वेल घेरेर नाराबाजी गरिरहेका छन्।
बैठक सुरू हुनासाथ वेल घेराउ गरेका एमाले सांसद अहिले पनि नाराबाजी गरिरहेका छन्।
सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि वेलमा पुगेका थिए। झन्डै तीन घन्टा उभिएर नाराबाजी गरेपछि सांसदहरू थाकेका देखिन्छन्।
हेर्नुस् तस्बिरहरू: