मन्त्रिपरिषद्ले अमेरिकी सहयोग परियोजना एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने निर्णय गरेको छ।
आइतबार साँझ संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले विभिन्न विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गरेको हो।
अहिले केहीबेरमा बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले यो व्याख्यात्मक घोषणा पेस गर्नेछ।
व्याख्यात्मक घोषणासहित एमसिसी आजै पारित गर्ने सरकारको तयारी छ।