चार जना छोराछोरीसहित कर्णाली नदीमा मृत भेटिएकी दैलेखकी सुकी बडुवालको घटनामा उनका श्रीमानलाई डेढ वर्ष कैद सजाय सुनाइएको छ।
दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सुकीका ३८ वर्षीय श्रीमान मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको हो।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम श्रीमानलाई उक्त सजाय सुनाइएको हो।
२०७७ फागुन २४ गतेयता कर्णाली दैलेखको आठबिस नगरपालिका–३ निमायलकी ३५ वर्षकी सुकी बडुवाल, उनकी छोरीहरू १५ वर्षीया कल्पना बडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाल कर्णाली नदीमा मृत भेटिएका थिए।
उनीहरूको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा फरक-फरक दिनमा फेला परेका थिए।
उनीहरूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै ०७७ चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता गरिएको थियो। सुकीका भाइ बजीरसिंह थापाले जाहेरी दिएका थिए।
सुकी र चार छोराछोरी समेतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको जाहेरीको आधारमा प्रहरीले ०७७ चैत १२ गते प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई पक्राउ गरेको थियो।
सम्बन्धित समाचार:
दैलेख घटनाः भेटियो सुकी र छोराको पनि शव
रक्सी खाएका श्रीमानसँग झगडा परेपछि चार छोराछोरी लिएर घरबाट निस्केकी थिइन् सुकी, दुई छोरीको शव भेटियो कर्णालीमा
दैलेख घटना: सुकीकी कान्छी छोरी रजनीको शव पनि भेटियो
छोराछोरीसहित कर्णालीमा हाम फालेकी सुकीका भाइले दिए भिनाजुविरूद्ध मुद्दा