रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको बिहीबार आठौं दिन पुगेको छ। रूसी सैनिकहरूले जमिन र आकाश दुबैतिरबाट युक्रेनका ठाउँ ठाउँमा आक्रमण गरिरहेका छन्। अहिलेसम्म सयौं मानिसहरूको मृत्यु भएको छ। कति मानिसले ज्यान गुमाए भन्ने विस्तृत विवरण आउन बाँकी छ।
रूसी आक्रमणपछि १० लाख युक्रेनीले मुलुक छोडेको संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालयले जानकारी दिएको छ।
बालबच्चा, बुढाबुढीसहित युक्रेनीहरू विभिन्न माध्यमबाट देश छोडिरहेका छन्। उनीहरूलाई छिमेकी पोल्यान्डसहित युरोपका विभिन्न मुलुकले शरण दिएका छन्।
हेर्नुस् तस्बिरहरू: