रूसले आक्रमण गरेको युक्रेनमा बंगलादेशको एक पानीजहाजमा बिस्फोट भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार ब्ल्याक सीमा अवस्थित ओल्भिया बन्दरगाहमा रहेको कार्गो पानी जहाजमा बिहीबार बिस्फोट हुँदा एक जना इन्जिनियरको मृत्यु भएको हो।
जहाजमा मिसाइल हानिएको थियो कि बम भन्ने खुलेको छैन। चालक दलका अन्य २८ जना सदस्य भने सुरक्षित रहेको बताइएको छ।
बंगलादेशी जहाजमा कसले हानेको बम/मिसाइल खसेको हो भन्ने खुलेको छैन। रूसले युक्रेनमाथि आक्रमण गरेपछि उक्त पानीजहाज बन्दरगाहमै राखिएको थियो।
यसअघि रूसी आक्रमणमा परी युक्रेनमा रहेका एक जना भारतीय विद्यार्थीको मृत्यु भएको थियो।