नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साको अधिवेशनबाट सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन्।
आज आएको मतपरिणामअनुसार जनार्दनले एक हजार एक सय १० मत प्राप्त गर्दै सभापति जितेका हुन्।
उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। पार्टीमा स्थानीय तह समन्वय विभाग सदस्य रहेका उनी पूर्वजिविस सभापतिसमेत हुन्।
जनार्दनले सभापतिका अर्का उम्मेदवार श्याम पटेललाई हराएका हुन्। पटेलले छ सय ४५ मत मात्रै प्राप्त गरेका थिए।
उपसभापतिलगायत पदाधिकारीमा जनार्दन प्यानलले नै जितेको छ। यहाँ बिहीबार जिल्ला अधिवेशनका लागि मतदान हुँदा एक हजार सात सय ७९ मत खसेको थियो।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाँकी रहेका जिल्लाहरूमा हिजोआज अधिवेशन भइरहेका छन्।