नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा फेरि पनि भारतीय जनता पार्टीले नै सरकार बनाउने भएको छ।
बिहीबार जारी मतगणनामा भाजपाले ७० मध्ये ४८ सिटमा जित हात पार्ने देखिएको छ।
उत्तराखण्डमा सरकार बनाउन ३६ सिट भए पुग्छ। यसअघि २०१७ मा पनि उत्तराखण्डमा भाजपाले नै बहुमत ल्याएको थियो।
पार्टीले फेरि बहुमत ल्याउने भएपनि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर धामी भने पराजित भएका छन्।
टाइम्स अफ इन्डियामा अनुसार खटिमाबाट उम्मेदवार बनेका धामी कंग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन्।