साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं आइपुगेका छन्।
सोमबार साँझ चार्टर्ड जहाजमा साउद काठमाडौं आएका हुन्।
त्रिभुवन विमानस्थलमा विदेश मन्त्री साउदलाई परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरेका थिए।
आज काठमाडौं पुगे पनि साउदले राजनीतिक भेटघाट मंगलबार मात्रै गर्नेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान १० बजे साउदले नेपाली समकक्षी नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन्।
उक्त भेटवार्तापछि नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
मन्त्री खड्काले साउदसहित साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन्।
मंगलबार दिउँसो साउदी विदेश मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनी भोलि नै स्वदेश फिर्ता हुनेछन्।
तस्बिरहरू: