आम आदमी पार्टी (आप) ले पूर्व क्रिकेटर हरभजन सिंहलाई राज्यसभाको उम्मेदवार बनाएको छ।
सोमबार उनले पन्जाबबाट राज्यसभाको लागि आपबाट उम्मेदवारी दिएका हुन्।
‘क्रिकेटर हरभजन सिंहले पन्जाबबाट राज्यसभाको लागि उम्मेदवारी दिएका छन्,’ आपको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘बलिङ लेजेन्ड भएर भारतलाई गर्व गराएपछि अब मिस्टर टर्बनेटरले आफ्नो आवाज संसदमा पन्जाबको जनताका लागि उठाउनेछन्।’
उनीसँगै दिल्लीका विधायक राघव चढ्दा र आइआइटी दिल्लीका प्रफेसर डा. सन्दीप पाठकलाई आपले राज्य सभा चुनावको लागि उम्मेदवार बनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। राज्य सभाको चुनाव मार्च ३१ मा हुँदैछ।
गत हप्तामात्रै आपले पन्जाबमा आफ्नो सरकार बनाएको छ।
पन्जाबमा आपले ११७ मध्ये ९२ सिट जितेपछि हरभजन सिंहले ट्विट गर्दै मुख्यमन्त्री बनेका भगवन्त मान सिंहलाई बधाई समेत दिएका थिए।
उनीहरूबाहेक कृष्ण प्राण ब्रेस्ट क्यान्सर केयर च्यारिटेबल ट्रस्टका संस्थापक संजीब अरोडा र लभ्ली प्रोफेसनल युनिभर्सिटीका च्यान्सलर अशोक मित्तललाई पनि उम्मेदवारी दिएका छन्।
मार्च ३१ मा १३ वटा राज्य सभा सिटको लागि चुनाव हुन लागेको हो। जसमध्ये पन्जाबका सासंदहरूले पाँच सासंदको लागि मत दिन लागेका हुन्।
बाँकी तीन सिट केरला, दुई असम र हिमालञ्चल प्रदेश, नागाल्यान्ड र त्रिपुराबाट एक-एक सिटको लागि चुनाव हुँदैछ।